Logo

क्रान्ती नायक मानिने गोञ्जालोको निधन करिव ३० सम्म यस्तो ठाउंमा बसेका थिए ?



बिश्वभरीका कम्युनिष्टहरुका आदर्श तथा पेरुमा लामो समय संघर्ष गरेको साइनिङ पाथ नामक पार्टीका अध्यक्ष गोञ्जालोको निधन भएको छ । लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको हो । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ एक सैनिक अस्पतालमा निधन भएको हो । उनको बास्तविक नाम अविमाइल गुजम्यान थियो ।

जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै एपीले जनाएको छ । गोञ्जालोको निधन भएको पेरु सरकारका कानुनमन्त्री अनबल टोरेसले पुष्टि गरेका छन् । छाला क्या न्स रका बिरामी रहेका गोन्जालोलाई पेरुको नौ सेना आधार इलाकामा रहेको कालाओ जेलको पिँजडा घरमा सेप्टेम्बर १२, १९९२ देखि बन्दी बनाएर राखिएको थियो ।

पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा नेसनल युनिभर्सिटीमा दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गोञ्जालोलाई फुजिमोरो सत्ताले आजीवन कारागारको सजाय सुनाइएको थियो । गोञ्जालोले पेरुमा सन १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए । सोही बीचमा उनी पक्राउ परेका थिए । विश्वभरका कम्युनिष्ट पार्टीहरुले गोञ्जालोको रिहाइको माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता