यस्तो रह्यो ओली पत्नी राधिकाको बालकोटमा एमालेका महिला सांसदलाई दीईएको दर ?

काठमाडौं । नेकपा एमालेका सांसद तथा महिला कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले दर खुवाएर तीजको शुभकामना दिएका छन् । संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरीसहितका सांसदहरु र महिला नेताहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । दरको कार्यक्रम भने ओली पत्नी राधिका शाक्यले आयोजना गरेको र शाक्यकै निम्तोमा आफूहरु दर खान गएको एमाले सांसद निरु पालले बताइन् ।
तीजको दर खाने दिन पारेर शाक्यले आयोजना गरेको कार्यक्रममा सांसदहरु राधा ज्ञवाली,डा।शिवमाया तुम्बाहाम्फे, विद्या भट्टराई, निरु पाल,आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन लगायत पुगेका थिए । त्यस्तै महिला आयोगकी अध्यक्ष कमला पराजुली पनि दर खान गएकी थिइन् । अध्यक्ष ओली निवासमा महिला कार्यकर्तालाई तीजको दर खुवाउने कार्यक्रम साँझसम्म चलेको बताइएको छ ।
नेकपा एमालेका सांसद तथा महिला कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले दर खुवाएर तीजको शुभकामना दिएका छन् । संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी, निरु पालसहितका सांसदहरु र महिला नेताहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।