Logo

नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन एमसीसी उपाध्यक्ष फतिमा नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा बनाइयो



 

काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज (बिहीबार) नेपाल आउँदै छन् ।

चार दिने नेपाल भ्रमणको क्रममा अमेरिकी उच्च टोलीले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने प्रयास गर्नेछ । उपाध्यक्ष सुमारको टोली आज विहान ९ः१० बजे कतार हुँदै काठमाडौं आउन लागेको हो । चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० बीच मिलेनियम च्यालेञ्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौता अनुसार नेपालको संसदबाट यो सहायता अनुमोदन हुन भने बाँकी छ । सडक सञ्जाल र अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने भनिएको ५० करोड डलर सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा विवाद बढिरहेको छ ।

सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न आउन लागेकी हुन् । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी छन् । उनले मन्त्री शर्मालाई पत्र लेख्दै एमसीसीभित्र कुनै लुकेको एजेण्डा नभएको स्पष्ट गर्दै यसबारेमा नेपालमा गलत ह ल्ला मात्र फै लाइएको बताएकी छन् । ९एमसीसी० ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंका प्रमुख चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन् ।

अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको वि रो धमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबार मात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी प क्राउ परेका थिए । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल भ्रमणमा आउँदै छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता