Logo

संसदमा भयो रडाको, एमाले र सभामुखबीच चर्काचर्की



काठमाडौं । बुधवार सुरु भएको संसदमा नेकपा एमालेले अवरोध गरेको छ । एमालेले कारवाही गरेका १४ सांसदहरुको पद रिक्त भएको सूचना सार्वजनिक नगरेका कारण एमालेले विरोध गरेको हो । बुधवारको संसद बैठकमा एमाले र सभामुखबीच चर्का चर्की भएको छ ।

एमाले नेताहरुले संसद भवनमै सभामुखलाई मु र्दा वादको नारा लगाए भने सभामुखले पनि एमालेलाई कडा जवाफ दिएका छन् । एमालेले संसद बैठक अवरुद्ध गर्दा चर्का नारा लगाएपछि सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले १४ जनामाथिको कारवाही अघि नबढाए सदन चल्न नदिने भन्दै रोष्टम घेराउ र नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी दिए । तर, नाराबाजी नरोकिएपछि १५ मिनेटलाई बैठक स्थगित भएको छ ।

नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा नियमावली २०७५ विपरित प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् । बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फु टा उ न पाइँदैन । सभामुख अग्नि सापकोटा मु र्दा वा द, संसदको सर्वोच्चता कायम गर’ जस्ता अमर्यादित नारा लगाएका थिए ।

सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । त्यति गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । संसदीय नियमावली अनुसार ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नुहने’ व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता