Logo

मन्त्री घनश्याम भुसालले भने, भगवान शिव र ब्रह्मा आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सकिँदैन



काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले विद्यमान अवस्थामा पाँच लाख मेट्रिक टन मल ल्याउन नसकिने बताएका छन् ।

४०औँ विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले विद्यमान अवस्थामा भगवान शिव र ब्रह्मा आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन नसकिने जानकारी दिएका हुन् ।

‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन्’, उनले भने ।

कलकत्ताको पोस्टबाट विद्यमान व्यवस्था र तरिकाले आवश्यक मात्रामा मल ल्याउन नसकिने भन्दै उनले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको स्वीकारे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता