Logo

काठमाडौमा असोज १ गतेवाट विद्यालय संचालन हुने, अभिभावक र विद्यालय सञ्चालक के भन्छन् ?



काठमाडौ । एक वर्ष भन्दा बढी घरमै बसेका विद्यार्थी अब असोज १ गतेवाट विद्यालय जान पाउने भएका छन् । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्। उपत्यकाको प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेपछि अब विद्यालय खुल्ने भएको हो । तर महामारीको अवस्था हेरेर स्थानिय तहले विद्यालय संचालन गर्ने निर्णय गर्न सक्नेछन् ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने जानकारी दिए।

बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरे पछि विद्यालय संचालन गर्न दिने निर्णयमा पुगेको हो । विद्यालय संचालन नहुँदा अनलाईन क्लासको पहुँचमा नभएका विद्यार्थीहरु पठन पाठनवाट बञ्चित भएका छन् । पराजुलीका अनुसार विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएकोरनभएको भनेर नियमित नियमन गर्नुपर्ने छ।

केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेको थियो । त्यो निर्णयसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्।

तर विज्ञहरूले अहिले विद्यालय खोल्ने बेला नभएको भन्दै कम्तीमा दसैंरतिहारपछि मात्र सोबारे निर्णय लिनुपर्ने सुझाएका थिए। जिल्ला प्रशासन कार्यालयले विद्यालय संचालन गर्न अनुमति दिएपछि तिहार पछि मात्र पुर्णरुपमा विद्यालय संचालन हुनसक्ने अनुमान गरिएको छ । सोमवार बसेको बैठकमा विद्यालयहरूले ४० प्रतिशत विद्यार्थीहरू मात्र अनलाइन कक्षा लिइरहेको भन्दै बाँकी विद्यार्थीहरू सम्पर्कमा नआएको विद्यालय संचालकहरुले बताए।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता