Logo

सरकारलाई ठाडो चेतावनी ! अखिल ,क्रान्तिकारी विप्लवका कार्यकर्ता जयसिँह धामीको खोजबिन र सहिद घोषण गर भन्दै आए सडकमा



 

काठमाडौं । साउन १५ मा बेपत्ता भएका दार्चुलाका जयसिँह धामीको खोजबिन गर्न वेपत्ता भएको घटनालाई  लिएर विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी)ले कारवाहीको माग गर्दै आज काठमाडौंको भृकुटी मण्डवमा कोरोनाको पुर्ण रुपमा पालना गर्दै शान्ति पूर्ण आन्दोलमा गर्दै सडकमा आएका छन्  । सरकारले तत्काल भारतीय एसएसविलाई गर्नु पर्ने कारवाहीको माग गरेका छन् । कार्यक्रमामा सहभागी संगठनका अध्यक्ष चिरनजिवि ढकाल ,महासचिव प्रकाश शाही ,संगठनका सचिवालय सदस्य कलम वडुवाल लगाएतका क्रान्तिकारी विद्याथीहरु का नेता कार्यकर्ताको सक्रिय उपस्थिति रहेको थियो ।

साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन । बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।

भारतले हेलिकोप्टर उडाउँदै आएको क्षेत्रमा सर्वसाधारणको बस्तीमात्र होइन, सेना, प्रहरी, स शस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयसमेत पर्छ । दुई साताअघि पनि भारतीय हेलिकोप्टर नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट उडेको थियो । लगत्तै गुल्म हेडक्वार्टरले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

पत्रको बोधार्थ नेपाली सेनाको मुख्यालयलाई पनि पठाइएको थियो । सेनाको पत्रपछि प्रशासनले त्यसको जानकारी गृह मन्त्रालयलाई पनि पठायो । परराष्ट्रमार्फत पहल गर्नुपर्नेमा गृह मन्त्रालय नै मौन बसेको छ । केही दिनको अन्तरालपछि भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर लगातार बजार र सेनाको ब्यारेकमाथि फेरि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता