Logo

मौसम पुर्वानुमान महाशाखाको अनुमान फेल खायो ? काठमाडौ समेत डुब्यो ?



काठमाडौ । काठमाडौं उपत्यकामा मौसम पुर्वानुमान महाशाखाको अनुमानलाई पनि फेल गराउँदै ठूलो वर्षा भएको छ । वर्षाले उपत्यकाका अधिकांश भाग डुवानमा परेको छ । प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाको वागमती, विष्णुमती लगायतका ठूला नदीहरुमा भीषण बाढी आएको छ । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ । काभ्रेको मुख्य बजार बनेपाल पूर्ण रुपमा जलमग्न बनेको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन भनेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनप्रसाद अर्यालले दिएको जानकारीअनुसार राती २ बजेदेखि मेघ गर्जनसहित भएको भारी वर्षा अझै रोकिएको छैन । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

‘हामीले हिजै वागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेका थियौं । राती २ बजेदेखि काठमाडौं आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ,’ उनले भने, ‘एयरपोर्ट वर्षा मापन केन्द्रमा रातीदेखि अहिले ७ बजेसम्म १ सय ५ मिलिलिटर वर्षा भएको छ । बुढानीलकण्ठ, भक्तपुर, बबरमहल केन्द्रमा पनि १ सय मिलिलिटरभन्दा बढी वर्षा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता