Logo

माधव नेपाललाई धोका दिएर एमाले छिरेका १० नेता यता न उताका ? इश्वर पोखरेलले गरे यस्तो खुलासा



काठमाडौं । लामो समय माधव कुमार नेपालको साथमा रहेका र पछिल्लो समय एमालेमै रहने निर्णय गरेका दोस्रो तहका एमाले नेताहरु अब एता न उताका हुने भएका छन् । १० बुँदे सहमति कार्यान्वयनको सर्तमा एमालेमा रहने निर्णय गरेर माधव नेपाललाई अन्तिम अवस्थामा धोका दिएका ति नेताहरुलाई एमालेमा पनि धोका मिल्ने संकेत देखिएको छ । त्यसको खुलासा एमाले महासचिव इश्वर पोखरेलले गरेका छन् ।

ति नेताहरुले राखेको राजनीतिक अडान नै कार्यान्वयन नहुने भएको छ । माधव नेपालका पक्षमा रहेका प्रभावशाली नेताहरुलाई एमालेमा फर्काउन जेठ २ अघिको एमाले पार्टी संरचनामा लैजाने भनियो । तर जेठ २ मा फर्काउने सर्त सहितको दश बुँदे सहमति कार्यान्वयनप्रति अध्यक्ष ओली पछि हटेको अर्थका रुपमा बुझ्न थालिएको छ । यसले दोस्रो पुस्ताका तेस्रो धारका नेताहरु अलमल र अनिश्चयको घेराबन्दीमा परेका छन् ।

एमालेले उनीहरुको माग सम्बोधन नगर्ने संकेत पीपीएलको एक पक्षीय भेला र महासचिव ईश्वर पोखरेलले जेठ २ अब एमाले फर्कन सक्दैन भन्दै गरेको फैसलाले देखाएको छ । महासचिव इश्वर पोखरेलले एक सार्वजनिक कार्यक्रममा एमाले जेठ २ को अवस्थामा फर्कन नसक्ने बताएका छन् ।

शनिबार काभ्रेको बनेपामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले जेठ २ मा नफर्कने दाबी गरे । एकातिर एमाले जेठ २ मा फर्कियो भनेर कागज मिलाउने र अर्कोतिर जिम्मेवार नेताले नै एमाले पुनः जेठ २ मा फर्किँदैन भनेर अभिव्यक्ति दिन थालेपछि माधव नेपालको साथ छोडेर गएका नेताहरु अलमलमा पर्न थालेका छन् । उनीहरुले सहमति कार्यान्वयमा एमाले इमान्दार नदेखिएको अभिब्यक्ति दिन थालेका छन् । पेलेरै जानेजस्तो नीति देखियो, यसले हामीलाई झस्काएको छ’, तेस्रो धारका एक नेता भन्छन् ‘हामी दोधारमै छौं ।’

नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संस्था ‘पेशागत तथा प्रगतिशिल कानुन व्यवसायी संगठन ९पीपीएलए० ले भदौ १८ गते शुक्रबार राखेको भेलाले पनि १० बुँदे कार्यान्वयनमा एमाले इमान्दार नदेखिएको संकेत देखिएको थियो । आयोजक पक्षले कार्ड नै छापेर उक्त भेलाको प्रमुख अतिथि एवं वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहने भनेर निम्तो नै बाँडेको भएपनि ओली सहभागी भएनन् ।

तत्कालै पीपीएलका अध्यक्षसमेत रहेका अध्यक्ष रुद्र नेपालले सो भेला संस्थागत निर्णयबाट नबोलाएको भन्दै पीपीएलएका सदस्यहरुलाई सहभागी नहुन निर्देशन समेत दिएका थिए । यता, महासचिव ईश्वर पोखरेलले शनिबार काभ्रेको बनेपामा भएको कार्यकर्ता भेलामा एमाले २०७५ जेठ २ जस्ताको त्यस्तै अवस्थामा फर्कन सम्भव नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता