Logo

भारतीय भूमिमा शवसँगै भेटिएको त्यो डायरी, जसले महरा नेपाली भएको प्रमाण खुल्यो



सिरहाका एक युवकको भारत बिहारको मधुवनी जिल्लामा पर्ने सिमावर्ती बजार जयनगरमा शव भेटिएको छ । उनको कसैले ज्यान लिएको अनुमान गरिएको छ । फालिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीका अनुसार गोलबजार नगरपालिका ४ का ४० वर्षीय दुखरण महराको शव भारतीय बजार जयनगरमा फेला परेको हो ।

उनको शरिरको विभिन्न भागमा चो ट लागेको अवस्थामा महराको शव फेला परेको उनले बताए । महरा मृ त फेला परेको स्थानमा एउटा डायरी समेत भेटिएको छ । उक्त डायरीमा रहेको नम्बरको आधारमा नेपाली भएको भन्दै भारतीय प्रशासनले सिरहा प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले बुझ्दै जाँदा ती व्यक्ति गोलबजारको भएको पुष्टि भयो । महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार मोटरसाइकल किन्ने भन्दै महरा रुपैयाँ बोकेर घरबाट निस्केका थिए । महराका छोरा बिमल भन्छन्, ‘मोटरसाइकल किन्न रुपैयाँ बोकेर हिड्न लागेका बुवाको आमासँग विवाद समेत भएको थियो । तरपनि उहाँ घरबाट निस्किनुभयो । राति फर्किनुभएन । आज घटनाबारे थाहा पाए ।’ रुपैयाँकै कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

महराको शव ल्याउने विषयमा भारतीय प्रशासनसँग समन्वय गरिरहेको सिरहा प्रहरीले जनाएको छ । महराको श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको त्यस्तो घटना भएपछि घरमा रुवाबासी चलेको छ । जनकपुर टुडेबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता