बल्छीमा परेको सर्पजस्तै माछा टोक्दा गयो ज्यान

दाङमा अढैया जातको माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं। १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका थिए ।
माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि उनलाई लमही अस्पतालमा पु७थभलसयाएपनि चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पु७थभलसयाउँदा मृत्यु भइसकेको बताए ।