Logo

मौसमले अझै दिँदैछ च्यालेन्ज  ?  महाशाखाले दियो यस्तो चेतावनी



नेपालमा केही दिन यताको लगातार भएको बर्षाले बाढि र पहिरोको जोखिमका समाचार आइरहेका छन् । नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले बर्षा निरन्तर भै रहेको छ ।

बुधबार भने देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा हुने छ । उक्त कुरा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार भने देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जोखिमयुक्त स्थानका बासिन्दालाई सतर्क रहन समेत भनेको छ । बर्षाका कारण मानवीय क्षति रोक्न तथा भौतिक क्षति कम गराउन महाशाखाले सर्तक रहन भनेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता