Logo

६ वर्ष बैंकमा धितो राखेको २५ तोला सुन फिर्ता माग्दा नक्कली



काठमाडौ । काठमाडौको एक बैंकमा ६ वर्ष अघि एक महिलाले २५ तोला सुन बैंकमा धितो राखेकी थिइन् । उनले साँवा ब्याज पनि तिर्दै गइन् । ६ वर्ष अघि १४ लाख रुपैया ऋण लिएको भएपनि उनले साँवा पनि घटाउँदै गएकी थिइन् । काठमाडौको महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा राखेको सो सुन महिलाले सावाँ ब्याज सबै तिरेपछि बैंकले नक्कली सुन रहेछ भनेपछि ऋणी महिला प्रहरीकहाँ पुगेकी छन् ।

साँवा र ब्याज तिरेपछि आफ्नो सुन फिर्ता माग्दा बैंकले नक्कली रहेछ भनेको महिलाको भनाई छ । ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट २५ तोला सुन धितो राखेर १४ लाख रुपैया ऋण लिएकी थिइन् । सुन धितो लिँदा बैंकले जाँचेरै लिएको भएपनि सबै पैसा बुझाएर आफ्नो सुन फिर्ता माग्दा भने नक्कली सुन रहेछ भनेको बिष्णु महर्जन बताउँछिन्।

विष्णुले बैंकलाई हरेक वर्ष आफूले ब्याज र साँवा तिर्दा बैंकले नक्कली सुनको बारेमा कुरा नगरेको उनको भनाई छ । तर जब सुन फिर्ता मागिन् त्यसपछि बैंकले नक्कली भनेको उनको भनाई छ । उनले गत भदौ ९ गते सम्म आठ लाख ५४ हजार रुपैयाँ ऋण चुक्ता गर्नु पर्ने भएपनि महामारीका कारण नसकेर असार ३ गते चुक्ता गर्ने उनलाई समय दिएको थियो ।

तर उनी पैसा खोजेर भदौ ९ गते सबै ब्याज र साँवा चुक्ता गर्दै सुन फिर्ता लिन बैंक गएकी थिइन् । म्यानेजर सुनिलकुमार नेपाल र ऋण विभागको प्रमुखले ब्याज र साँवाको पैसा बुझिसकेपछि सुन माग्दा दिन आनाकानी गरेको उनको भनाई छ ।

साँझ सम्म कुर्दा समेत सुन नदिएपछि उनले आफ्ना दाईलाई बैंकमै बोलाइन् तर बैंकका म्यानेजरले सुन दिन्छौं तर हेर्न पाइन्न भनेपछि उनीहरु थप संसंकित भए । केही नलागेपछि विष्णुका दाइले चिनजानको संगठनका केही मानिसहरूलाई बोलाए पछि म्यानेजरले सुन नक्कली रहेछ भनेको महिलाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता