Logo

कतार प्रहरीमा १० हजार नेपालीलाई रोजगारी, सम्पर्कका लागि कहाँ जाने ?



काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने पर्खाइमा रहेका युवाहरुका लागि अवसरको ढोका खुलेको छ । कतारमा प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरु भएसंगै अवसरको ढोका खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएको छ ।

दूतावासले राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा।लि। बाट पेश भएको उक्त माग पत्र प्रमाणीकरण गरेको दूतावासले जनाएको छ । उक्त मागपत्र आइतबार नै अनलाइन मार्फÞत ताहचलस्थित बैदेशिक रोजगार कार्यालयीन पेश भएको र सो मागपत्रले पूर्व स्वीकृति पाएको पनि मन्त्रालयको श्रोतले जनाएको छ ।

कतारले कम्तीमा ६ हजार रियाल तलव पाउने गरी करिब १० हजार नेपाली कतार प्रहरीको सहयोगीका रुपमा भर्ना गर्न चाहेको सार्वजनिक भएको छ । यसअघि सरकारको अनुमति बिना यसअघि गत फागुनमा पनि केही म्यानपावर कम्पनीहरुले ठूलो रकम उठाएर कामदार छनोट गर्न अन्तर्वार्ता गरेको विषय बिबादमा आएको थियो ।

अहिले पनि राजधानीमा कतार प्रहरीमा रोजगारी लगाउने भन्दै चलखेल शुरु भएको छ । राजधानीमा रहेका अत्यन्त सीमित म्यानपावर कम्पनीले मात्र मागपत्र प्रमाणीकरण गरी पूर्व स्वीकृति लिने बुझिएपनि राजधानीका केही म्यानपावर कम्पनी र उनीहरुद्वारा निर्देशित केही अवैधानिक एजेन्टहरु डिमाण्ड नभएपनि पार्टी प्यालेस बुक गरी भविष्यमा डिमाण्ड आउने आश्वासनका भरमा अन्तर्वार्ता गराउन शुरु गरेका छन् ।

आइतबार गोंगबु क्षेत्रमा अन्तर्वार्ता दिएका मकवानपुरका रमेश घलानले चिनजानका एजेन्टको आश्वासनमा विश्वस्त भई अन्तर्वार्ता दिएको र उनले हाल डिमाण्ड नभएपनि दशैं अगाडि नै डिमाण्ड आउने आश्वासन दिएको बताए । मध्यान्ह दैनिक

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता