Logo

बुवा घर छोडेर हिँडेको ६० वर्ष सम्म पनि फर्केर नआएपछि छोराहरुले यस्तो के गरे…?



 

काठमाडौ । रामेछापमा १ सय १० वर्ष पुगेको जन्मदिनको अवसरमा उनका छोराहरुले बुवाको कि रि या गरेका छन् । बुवा हराएको ६० वर्ष सम्म पनि फर्केर नआएपछि छोराहरुले अन्तिम संस्कार गरेका हुन् । रामेछाप जिल्लाको साविक गुन्सी भदौरे गाविस वडा नम्वर ३ भदौरेमा १९६८ साल भदौ ११ गते जन्मिएका उमाकान्त चौलागाईको उनका दुई छोराहरुले २०७८ सालको भदौ ११ गते अन्तिम संस्कार गरे ।

बुवाको जन्मदिन पारेर अन्तिम संस्कार गरिएको छोराहरुले बताएका छन् । ६० वर्ष देखि सम्पर्क विहिन भएका बुवाको कुशको श व बनाएर छोराहरुले अन्तिम संस्कार गरेका हुन् । आमाको पनि निधन भइसकेपछि र आफुहरुको पनि वृद्धाअवस्था भएका कारण बुवा प्रति गर्नुपर्ने कर्तब्य पुरा गरेको उनीहरुले बताएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ धाईटारमा २०४९ साल देखि बसोबास गर्दै आएका उमाकान्तको परिवारले जन्मदिनको अवसरमा कुशको श व बनाएर संस्कार पुरा गरेका हुन् ।

५० वर्षको उमेरमा उमाकान्त २०१८ साल साउन १६ गते घर छाडेर हिँडेका थिए । उनी त्यसपछि फर्केर आएनन् । उमाकान्तले नन्दादेवीसङ्ग विवाह गरेका थिए । उमाकान्त र नन्दादेवीका कृष्णहरी र नन्दीकेशर चौंलागाँई दुई छोरा र तुलसीमाया र विमला चौंलागाँई दुई छोरी छन् । उमाकान्त घरवाट हिँडेपछि उनको परिवार २०४९ सालमा रामेछापको गुन्सी भदौरेबाट काभ्रेको मण्डनदेउपुर वडा नम्वर ८ धाईटारमा बसाई सरेका थिए ।

१५ वर्ष अघि उमाकान्तको श्रीमती नन्दादेवीको पनि निधन भयो । जन्मिएको १ सय १० वर्ष पुग्दा पनि बुबाको खवर नआए पछि ७० वर्ष उमेर पुगीसकेका छोराहरुले बुवाको अन्तिम संस्कार कुशको श व बनाएर गरेका हुन् । नेपाल समाचार पत्रमा मोतीराम तिमल्सिनाले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता