Logo

१६ वर्षीय किशोरले पब्जी खेल्दा आमाको बैंक खाताबाट १० लाख चट पारेपछी बाबुले दिए प्रहरीमा छोरा बिरुद्ध उजुरी ?



 

एक १६ वर्षीय किशोरले पब्जी खेल्नका लागि आफ्नो आमाको बैंक खाताबाट १० लाख रुपैयाँ चोरेका छन् । भारत मुम्बईंमा ती किशोरले पब्जी खेल खेल्नकमा लागि बैंकबाट १० लाख रुपैयाँ चोरेका हुन् । मुम्बई प्रहरीका अनुसार यो घटना बुधवारको हो । किशोरको बुवाका अनुसा, विगत एक महिनादेखि उसलाई पब्जीको लत बसेको थियो । मोबाइल फोनमा दिनभर उसले पब्जी खेल्ने गरेको थियो । बैंकबाट रकम निकालेर उ घरबाट निक्लिएर बेपत्ता भएको छ । घरबाट भागेका ती किशोरलाई बिहीवार दिउसो महाकाली इलाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि पब्जी खेलमा बुवा आमाको २७ लाख रुपैया डुवाएका एक युवक ग्यारेजमा काम गर्न बाध्य भएको समाचार आएको थियो । बुवा आमाले छोराको लागि भन्दै जम्मा गरेको २७ लाख रुपैया उनले पब्जीमा डुबाएका थिए । यो घटना भारतको हो । सरकारी जागीरमा रहेका उनका बुवा आमाले धेरै वर्ष काम गरेको पैसा बैंकमा जम्मा गरेका थिए । समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि मात्र १६ लाख भारु रुपैया खर्च गरिदिए । बुवा आमाले चलाउने बैंकको एकाउण्ट पनि इन्टरनेट मार्फत पहुच बनाएका उनले त्यती धेरै रकम स्वाहा पारिदिएका थिए । बुवा आमाको ३ वटा बैंक एकाउण्टवाट उनले पैसा सकिदिए । पब्जी मोबाइलमा लत बसेका उनले एपमै पैसा खर्चका लागि बुवा आमाको तिनैवटा अकाउन्टको प्रयोग गरे ।

मोवाइलमा मात्र भुलीरहने छोराका बारेमा जतिवेला उनीहरुले ख्याल राख्न थाले त्यतीबेला पैसा उडिसकेको थियो । उनले पढ्नको लागि भन्दै मोवाइल चलाएको आमाबुवालाई बताउने गरेका थिए । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड किनिदिने गरेका थिए । जब ती किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास उड्यो । पछि त्यसको अनुसन्धान गर्दै जाँदा छोराले नै यस्तो बदमासी गरेको खुलेको थियो ।

ती किशोरले आफ्नै आमाको मोबाइलबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आवश्यक रकम बैंकबाट तिर्दा प्राप्त भएको मेसेज आउथ्यो त्यो आमाले थाहा नपाउनु भनेर डिलिट गरिहाल्थे । जसका कारण उनका बाबुआमालाई छोराले त्यस्तो कृत्य गरिरहेको पत्तो थिएन । सरकारी जागीर गरेर बल्लतल्ल उनीहरुले छोराकै भविष्यका लागि त्यो पैसा जम्मा गरेको बताएका छन् ।

पन्जाबका किशोरले पिताको बैंक अकाउन्बाट पैसा चलाउन अगाडि आमाको साथमा रहेको २ लाख नगद चोरेर पब्जीमै खर्च गरेका थिए। जब किशोरका पिता र आमाले पब्जीका लागि लाखौं खर्च गरेको थाहा पाए उनीहरु छोरासँग रुष्ट बने। किशोरले आफ्नो पिताको मोबाइलबाट अनलाइन कक्षा लिने भनेर पब्जी खेल्थे। त्यहाँ रोयल पास, युसी तथा गेम अपडेट गराउन बैंकिङ प्रणालीबाट किशोरले पिताको पैसा खर्च गर्दथे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता