Logo

६ वर्ष देखि मलेसियामा भएका गोपाल पनि एसईईमा पास !



काठमाडौ । मलेसियामा ६ वर्ष देखि रहँदै आएका एक ब्यक्ति नेपालमा भएको एसईई परिक्षामा पास भएको देखिएपछि राष्ट्रिय परिक्षा वोर्डले छानविन थालेको छ । सप्तकोशीका एक एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा ९एसईई० उत्तीर्ण गरेको खुलासा भएको हो। सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि मलेसियामा कार्यरत गोपाल सन्तलाई परीक्षामा सहभागी नभए पनि पास गराएको हो।

उनी अघिल्लो वर्षको एसइइमा पास भएका हुन् । महामारीका कारण आन्तरिक मुल्याङ्कनका आधारमा विद्यालयले विद्यार्थीलाई पास गराएको थियो । सो क्रममा मलेसियामा रहेका गोपाल पनि पास भएको देखिएको छ । ६ वर्ष देखि नेपालमै नआएका उनी पास भएको देखिएपछि छानविन थालिएको छ । गोपालका बुवा सोही विद्यालयमा सहयोगीका रुपमा कार्यरत छन् । त्यसैले विद्यालय र उनका बुवाको मिलेमतोमा फाराम भरेर हुँदै नभएका विद्यार्थीलाई पनि पास गराइएको हुनसक्ने अनुमान गरिएको छ ।

तर विद्यालयले भने भुलवस भएको प्रतिकृया दिएको छ । छानबिन समितिले विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष, पालिका प्रतिनिधि, प्राध्यानाध्यापक, मूल्यांकलन समितिका सदस्यहरु, लेखा कर्मचारी, कार्यालय सहयोगीसँग पनि छुट्टाछुट्टै सोधपुछ गरेर विवरणहरु संकलन गरेको जनाएको छ । गोपाल ६ वर्षदेखि वैदेशिक रोजगारमा मलेसियाको जोहरबारुमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता