Logo

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘डान्स’



 

काठमाडौं । माधव नेपाल समूहले नयाँ दलको मान्यता पाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाच्नु भएको भिडियो चर्चित भएको छ । तर नेपालको दलले मान्यता पाउनु र ओलीले नाच्नुमा भने कुनै सम्बन्ध छैन।

पत्नी राधिकाको जन्मदिनमा भएको जमघटमा ओलीले आफैँले लेखेको गीतमा नाच्नुभएको हो । राधिकाको जन्मदिनको अवसरमा ओली निवासमा बुधवार बेलुकी कार्यकर्ताको जमघट भएको थियो।

कार्यकर्ताले ओलीलाई आफैँले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ मा नाच्न आग्रह गरेका थिए । कार्यकर्ताको आग्रहलाई ओलीले नकार्न सक्नुभएन । त्यसपछि उहाँ गीतको तालमा केहीबेर छमछम नाच्नुभएको हो ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरू पार्टीबाट अलग भए पनि आफ्नो पार्टी अझै पनि सबैभन्दा ठूलो दल कायम रहेको बताएका छन्। पार्टी विभाजनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन बिहीवार भक्तपुर पुगेका ओलीले माधव नेपाल लगायतका नेताहरूको एमालेबाट बहिर्गमनलाई “रूखबाट पात झरेर गएको” सङ्ज्ञा दिए।

“तपाईँहरूले अलिकति ननिको पनि मान्नुभयो होला। हिजो केही मान्छेहरू, केही समातेर घिसारिँदै, कोही समातेर घिसार्दै पार्टी छोडेका मान्छेहरू ९देखेर०,” कार्यकर्ताहरूलाई पूर्वप्रधानमन्त्री ओलीले भने।

“केहीले पार्टी छोड्नु नयाँ कुरा होइन। तपाईँ सधैँ हरियो देखिने रूख लगाउनूस्, तर पनि कोहीकोही पातहरू झरिरहेको हुन्छ, कोही पलाइरहेको हुन्छ। पातै झर्दै नझर्ने रूख संसारमै हुँदैन।”
https://www.tiktok.com/@stm049/video/7000403126431812890?referer_url=https%3A%2F%2Fwww.etajakhabar.com%2F&referer_video_id=7000403126431812890&refer=embed&is_copy_url=0&is_from_webapp=v1&sender_device=pc&sender_web_id=6919454776951752198

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता