Logo

माधव नेपालको पार्टीमा ५५ जनाले गरे सनाखत, आजै पाउलान् प्रमाणपत्र  ?



काठमाडौ । नेकपा एमाले छोडेर नयाँ दल दर्ताका लागि निवेदन दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । बुधवार निर्वाचन आयोगमै पुगेर नेताहरुले सनाखत गरेका हुन् । नेता नेपाल लगायतको समुहले केही दिन अघि आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

यसमा नेता झलनाथ खनालको सनाखत हुन बाँकी छ । उनी भारतमा उपचारार्थ छन् । खनालले राजदुतावास मार्फत आफ्नो सनाखतका लागि निवेदन पठाएको बुझिएको छ । भारतको नयाँदिल्लीबाट सनाखत गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गणना हुन बाँकी छ।

उनले नयाँदिल्लीस्थित नेपाली राजदूताबासमा गएर बुधवार बिहान सनाखत गरेका थिए। राजदूताबासबाट जानकारी आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, एकीकृत समाजवादीको पक्षमा एमालेका २९ जना सांसदले सनाखत गरेका छन्।

यससँगै थप चार जना केन्द्रीय सदस्य सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। २ भदौमा दल दर्ताका लागि दिएको निवेदनमा नाम नभएकाहरु पनि निर्वाचन आयोगमा सनाखतका लागि पुगेका थिए । उनीहरुलाई मान्यता दिने नदिने विषयमा टुंगो लागेको छैन ।

नयाँ थपिएका चार केन्द्रीय सदस्यमा दुई जना सांसद छन् । उनीहरूको सनाखतका लागि अध्यक्ष नेपाल नै आयोगका पदाधिकारीसँग छलफल गरिरहेका छन्। एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद चाहिन्छन्।

नेपालको पक्षमा केन्द्रीय सदस्यको संख्या २० प्रतिशतभन्दा बढी पुगिसकेको छ। त्यस्तै, नयाँ आएका सांसदले पनि सनाखत गर्न पाएमा सांसदको संख्या पनि २० प्रतिशत पुग्ने देखिएको छ। उनीहरूको सनाखत पछि आजै नेपाललाई नयाँ दल दर्ताको प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता