Logo

आफ्नो मायालुलाई आफ्नै इसारामा नचाउन माहिर हुन्छन् यी ४ राशिका व्यक्ति



काठमाडौ । हामी जीवनमा विभिन्न प्रकारका मानिसहरूलाई भेट्छौं। कसैको स्वभाव हामीलाई निकै मन पर्छ भने केहि मानिसको बनी फिटिक्कै मन पर्दैन । केहि मानिससँग पहिलो भेटमा नै निजीक हुन्छौं । भने कोहिसँग सहज हुन समय लाग्छ । आजको समयमा सिधा साधा मानिस भेटिन निकै गार्हो हुन्छ। तर केहि मानिस निकै सोजा र सरल पनि हुन्छन् । त्यस्तै, केहि मानिस अत्यन्त चलाख किसिमका हुन्छन्, जो निकै चतुर तथा समझदारीका साथ काम गर्ने गर्छन् ।

सुखी जीवनको लागि यो धेरै महत्त्वपूर्ण छ कि हामीले हरेक प्रकारका व्यक्तिहरू चिन्न सक्नुपर्छ र त्यहि अनुसार व्यवहार गर्न सिक्नु पर्छ । विशेषगरी जब हामी कसैसँग प्रेम सम्बन्धमा हुन्छौं, किनकि प्रेम सम्बन्धमा खुसी र सुखी हुनु धेरै महत्त्वपूर्ण हुन्छ । ज्योतिषका अनुसार निम्न उल्लेखित चार राशिका मानिस प्रेम सम्बन्धमा हरेक निर्णय चतुरतापूर्वक गर्छन् । यी मानिस हरेक तरिका अपनाउछन् ताकी आफ्नो प्रेमी आफ्नो इसारामा नाचोस् ।

मिथुन राशिः मिथुन राशिका मानिसहरु दोहोरो चरित्रका हुन्छन्। मिथुन राशिका व्यक्तिहरू धेरै संवेदनशील हुन्छन् र उनीहरूको वाणीको कुरामा निकै सतर्क हुन्छन्। यिनीहरुले यो कुरा राम्रोसँग जानेका हुन्छन् कि कस्तो बोली तथा वाणीले अरु मान्छेलाई आफ्नो इसारामा नचाउन सकिन्छ र आफ्नो अनुसार कार्य निकाल्न सकिन्छ ।

सिंह राशिः यस राशिका मानिस निकै चलाख हुन्छन् । यी मानिसलाई कुनै पनि समय आफ्नो प्रेमी आफ्नो अनुसार कार्य गरिरहेको छैन भन्ने लग्यो भने हेरफेर गर्न प्रयास गर्छन् । असुरक्षाको स्थितिमा अरुको कमजोरीको माध्यमले अरुलाई आफ्नो औंलामा नाच्न बाध्य पार्छन् ।

वृश्चिक राशिः वृश्चिक राशिका मानिस कहिल्यै पनि आफ्नो भावना अन्य मानिस समक्ष व्यक्त गर्न सक्षम हुँदैनन् । जसको कारण उनीहरूको प्रेम सम्बन्धमा निश्चित रूपमा दुविधा रहन्छ । वृश्चिक राशिका मानिसको मौनतामा पनि चलाखी लुकेको हुन्छ। अरु मानिस कहिले पनि ओ सम्झिन सक्दैन कि उनीहरुको दिमागमा के कुरा चलिरहेको छ ।

र मीन राशिः मीन राशिका मानिस निकै चतुर हुन्छन् । यिनीहरु धेरै चलाखीसाथ आफ्ना प्रेमीलाई आफ्नो अनुसार चल्नको लागि तयार गर्छन्। विश्वास गर्नुहोस् यो सबैको बसको कुरा हैन । प्रेम सम्बन्धमा यी मानिस आफैं मनमानी गर्छन्, प्रेमीको आवश्यकता के हो रु यसले यी मानिसलाई फरक पार्दैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता