Logo

धनुषामा डरलाग्दो घटना ?  बैदेशिक रोजगारीबाट फर्केपछि श्रीमति र बुवालाई गरिदिए सन्सारबाटै बिदा, यसरी गरे शवको ब्यवस्थापन



 

धनुषामा एक डरलाग्दो घटना भएको छ । यस्तो घटना गराउन त कल्पना समेत गर्न सकिँदैन । तर केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले यस्तो घटना गराएका छन् । ती युवाले आफ्नै बुवा र श्रीमतीलाई यो सन्सारबाटै बिदा गरेका छन् ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भा गे श्वर मण्डलले यस्तो गरेका हुन् । मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीलाई त्यस्तो घटना गरेको प्रहरीले बताएको छ । घटनापछि गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा ब्यवस्थापन गरेका थिए ।

२७ वर्षीय भा गे श्वरले सोमबार राति १२ बजेतिर घटना गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘बिहान उनका ३ र ४ वर्षका बच्चा रो इ रहेको र भागेश्वर आफैं टो ला ए र बसिरहँदा पुगेका छिमेकीले दुवैको त्यस्तो घटना भएको पत्ता लगाएर हामीलाई जानकारी गराएका थिए,’ बस्नेतले भने, ‘तत्कालै भा गे श्वरलाई नि य न्त्र णमा लिई सोधपुछ गर्दा उनले घटना गरेको स्वीकारेका छन् ।’

त्यस ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए । भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीमाथि त्यस्तो घटना गरेको देखिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता