Logo

अभागी होमराज? उपचारका लागि कोशी अस्पताल पुगे तर शौचालयमा यस्तो अवस्थामा भेटियो उनको शव



 

इनरवाका होमराज आफ्नो उपचारको लागि विराटनगरस्थित कोसी अस्पताल पुगेका थिए । तर उनको त्यहाँ उपचार भएर सकुशल घर जान भने पाएनन् । उनको अस्पतालको शौचालयमा शव फेला परेका थियो । उनी सुनसरीको जिल्ला अस्पताल इनरुवाको ओपिडि पूर्जा हातमा बोकेको अवस्थामै अस्पतालको शौचालयमा अस्ताए । उनको कोसी अस्पतालको ओपिडि भवनमा रहेको शौचालयमा मंगलबार दिउँसो शव भेटिएको हो ।

ओपिडि पूर्जामा सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल लेखिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले मृ त क सुनसरीबाट थप उपचारका लागि कोसी अस्पताल आएको हुनसक्ने बताए । साथमा मधुमेह लगायतका रोगका औषधि पनि फेला परेको छ ।

घो प्टो परेर ल डि रहेको अवस्थामा पुरुषलाई मृ त फेला पारिएको र घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार मृ त कका कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् । शवलाई पोस्ट मार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता