Logo

आज यी प्रदेशमा बढ्दै गएको बर्षाको सम्भावना



काठमाडौं, असोज ३० । हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आज प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार रातीसम्म भने प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता