युवकको बयान :‘प्रेमीकाको १० महिनाको छोरा मैले नै लगेको हुँ’

काठमाडौ । यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले लगेर गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका– १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु ९छोरा खेमराजलाई लगेर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् ।
प्रहरी निरीक्षक नवीन थापाले भने, “आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९ः३० बजे पुगेका रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु लिएर गएका रहेछन् ।” उनले छोरा अरुलाई नै दिएको पनि बताएका छन् ।
युवतीको बुवाले दिएको निवेदनका आधारमा उनी पक्राउ परेका थिए । युवतीले दिएको बयानका अनुसार यि युवकले युवतीलाई फर्काएर सम्पर्क राखे । तर उनलाई विवाह गरेनन् । तर जब छोरा जन्मियो उनले नै छोरा लिएर गए । माया प्रेममा पारेर जब युवतीसंग युवक नजिक भए युवती गर्भवती भएपछि उनी युवतीवाट टाढिएका थिए ।
साबिती बयान पछि रोकायलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हि रा स तमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ । निजलाई कर्णाली प्रदेश प्रहरी तथा सुर्खेत जिल्ला प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिएको थियो ।