Logo

कर्णाली प्रदेशका मन्त्रीको घटनालाई जोडेर समाचार लेख्ने मिडियाको नाममा चिठी लेखेर देह त्याग गर्छु भन्दै फेसवुकमा स्टाटस



काठमाडौ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीमाथि एक गम्भीर आरोप लागेको छ । उनले एक महिलामाथि क र णी आरोप लागेको हो । यो आरोपसंगै एक महिलाको नाम जोडेर सामाजिक सजालमा विभिन्न टिप्पणी आएका कारण महिलाले प्रतिकृया जनाएकी छन् ।

एक महिलाको नामको फेसवुक आइडीवाट मन्त्री शाहीको घटनालाई जोडेर आफ्नो नाममा अनावश्यक टिप्पणी गरिएको प्रति विरोध गरिएको छ । स्टाटस लेख्दै आफु माथि अनावश्यक आरोप लगाइएको भन्दै त्यो आरोपको पुष्टि गर्न मिडियालाई चेतावनी दिइएको छ । मिडियाले पुष्टि गर्न नसके त्यसका नाममा नोट लेखेर देह त्याग गर्ने चेतावनी पनि दिइएको छ ।

यो घटनाको अहिले स्वतन्त्रतापूर्वक पुष्टी नभएपनि यसले प्रदेशमा तरंग ल्याएको छ । मन्त्री शाहीबाट महिलामाथि क र णी भिडियो सार्वजनिक भएको भन्दै अन्नपुर्ण पोष्टले समाचार प्रकाशन गरेपछि यो विषय प्रकाशमा आएको हो । समाचारमा उल्लेख भए अनुसार केही दिनअघि महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा यही बिषयमा जाहेरी दिन गएका थिए ।

यो घटना अहिलेको भने होइन । तर, भिडियो कसले खिच्यो भनेर थाहा हुन सकेको छैन । मन्त्री शाहीले यस बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । प्रहरीको सम्पर्कमा पुगेका महिलाले उक्त भिडियो २०७६ माघतिरको भएको बताएको समाचारमा उल्लेख छ ।

केहीले यो भिडियो सत्य नभएको र राजनीतिक प्रतिशोधका कारण समाचार आएको भन्दै टिप्पणी गरेका छन् । समाचारमा महिलाको नाम खुलाइएको छैन । जसको नामको फेसवुकवाट स्टाटस सार्वजनिक भएको छ उनी यो घटनासंग सम्बन्धीत हुन् वा होइनन् पुष्टि छैन । मन्त्रीको समाचारसंगै यो स्टटास पनि अहिले सामाजिक सञ्जालमा भाइरल छ । सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता