Logo

‘यहाँ राम्रो उपचार हुन्न अर्को अस्पतालमा जाउँ’ भन्दै बिरामीका आफन्त र बिरामीलाई तान्दै थिए यी दुई युवा !  त्यसपछि भयो यस्तो घटना



अस्पताल आउने बिरामी र तिनका आफन्तलाई आफूले चाहेको अस्पतालमा लैजाने र त्यहाँबाट कमिसन खाने दुई युवाको हरकत बाहिरिएको छ । यो बिराटनगरको घटना हो । उनीहरु सरकारी र अन्य अस्पतालको बाहिर बस्ने गर्थे । त्यहाँ आउने बिरामी र उनीहरुका आफन्तलाई फकाएर अर्को अस्पताल लग्थे र त्यहाँबाट उनीहरुले कमिसन खाने गर्थे । यो अस्पतालमा डाक्टर राम्रो छैनन्, यहाँ राम्रो उपचार हुन्न अर्को अस्पतालमा जाउँ भन्दै बिरामीका आफन्त र बिरामीलाई उनीहरु फकाउने गर्थे ।

मोरङको विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् । उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन भन्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

यी दुई युवाले आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गरेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समुहको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता