Logo

टिकटक र पब्जी तथा फ्रि–फायरमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतको आदेश



काठमाडौं । भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फायरमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ । बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो ।अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

डेली स्टार (बंगलादेशी पत्रिका)  को रिपोर्ट अनुसार यस्ता एपमाथि प्रतिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश मोजिबुर रहमान मिया र न्यायधीश कमरुल हुसेन मोल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।

युवा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने एपमाथि प्रतिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ, शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टेलिकम्युनिकेसन एण्ड रेगुलेसन कमिसन (बीटीआरसी) लाई आदेश दिनको लागि पनि रिट निवेदकहरुले माग गरेका छन् ।

बंगलादेशमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यस अघि पनि गत जुनमा बंगलादेशमा पब्जी मोबाइल र फ्रि–फायर प्रतिबन्धको खबरले सनसनी मच्चाएको थियो । बंगलादेशमा मोबाइल गेम पछिल्लो समय निकै लोकप्रिय छन् । यस्ता गेमहरु खेलाडि र कन्टेन्ट क्रियकटरको लागि पेशको रुपमा स्थापित हुँदै आएको एक रिपोर्टमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता