Logo

डोरमणि पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन्, ९ बजे सपथ



 

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । उनले बुधबार प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाएका हुन् । डोरमणीकै प्रस्तावमा अष्टलष्मी शाक्य संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकी हुन् ।

यो संगै बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले आज राति ९ बजे सपथ ग्रहण गर्ने भएकी छन्।हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

वाग्मती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा ७६ ९१० अनुसार बहुमतको आधारमा नियुक्त भएकी हुन् । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्। नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता