नेपाली सेनाको हेलिकप्टर यसरी डोहोराउदै खरिपाटी लगियो (तस्बिर सहित)

काठमाडौँ। नेपाली सेनाको एमआई–१७ हेलिकप्टर एयरपोर्टबाट तानेर भक्तपुरको खरिपाटी सम्म लगिएको छ । आज साँझ ८ बजे एयरपोर्टबाट डोहोराउदै खरिपाटीसम्म लगिएको हो ।
हेलिकप्टरलाई एयरपोर्टबाट तानेर सिनामंगल, सल्लघारी, जगाती, कमलविनायक हुँदै खरिपाटीस्थित नेपाली सैनिक तालिम केन्द्र लगिएको छ ।
साँझको बेला बाटो जाम कम हुने भएकाले ८ बजे पश्चात एयरपोर्टबाट निकालिएको हो । बाटोमा डोहोराउदै लाग्दा केहि समय बाटो अस्तव्यस्त भएको थियो तर पूर्व जानकारी दिएका कारण ठूलो जाम भने भएन ।