Logo

अफगानिस्तानमा यसरी नेपालीहरु जहाज कुर्दै छन्, कति नेपाली दोहा आइपुग कोही काबुलमै  ?



काठमाडौ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरु पनि जोखिममा परेका छन् । अन्य नागरिकले आफ्ना नागरिक धमाधम फिर्ता लगिरहेको छ । नेपालवाट ठोस कदम चालिएको छैन । तर वैदेशिक रोजगारीका लागि म्यानपावर मार्फत गएका नेपालीहरु स्वदेश फर्कदै छन् । उनीहरु म्यानपावर मार्फत नेपाल फर्कन लागेको सम्बन्धीत म्यानपावरहरुले सरकारलाई जानकारी गराएका छन् ।

अफगानिस्तान श्रमिक पठाउने म्यानपावर कम्पनीले दिएको जानकारी अनुसार ३३० जना श्रमिक कतारको दोहा आइपुगेका छन्। अरु ४३७ जना काबुल विमानस्थलमा उडान कुरिरहेको सम्बन्धित म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागलाई सोमबार जानकारी गराएका छन्।

एफएसआई वर्ल्ड म्यानपावर कम्पनीले ३३० जना दोहा आइपुगेको जानकारी गराएको हो भने युनिभर्सल कनेक्सन म्यानपावर कम्पनीले ४३७ जना काबुल विमानस्थलमा उडानको प्रतिक्षामा रहेको जानकारी गराएको हो।

अन्य कति नेपाली अफगानिस्तानमा छन् भन्ने यकिन संख्या नभएपनि करिब दुई हजारको संख्यामा रहेको हुनसक्ने अनुमान गरिएको छ । केही नेपालीहरु अन्य देशका नागरिक उद्दारका लागि जहाज पठाइदा ति जहाजमा चढेर अफगानिस्तान छोडेका छन् ।

अहिले यकिन संख्या प्राप्त नभए पनि ठूलो संख्यामा नेपालीहरु दोहा आएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले विभिन्न नियोगहरुलाई पत्राचार गरेर जानकारी लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता