Logo

मध्यरातमा परपुरुष संग सु’तेकी महिला कै कोठामा पुग्यो युट्युवर संगै श्रीमान,



 

अहिले युट्युवमा श्रीमान श्रीमतीका विवाद र वहुविवाह लगायतका विषय हेडलाइन बन्ने गरेका छन् । कसको श्रीमती को संग गयो? रंगेहात कोठामा पक्राउ परे लगायतका भिडियो ट्रेण्डिङमा आउने गरेका छन् । पत्रकारीताको मर्म र क्षेत्रमै नपर्ने यस्तो घटनाहरुले सामाजिक सञ्जाल र युट्युव ढाकेका छन् । नितान्त ब्यक्तिगत जीवनमा प्रवेश गरेका युट्युवरहरुले प्रहरीले जस्तै कोठा कोठामा छापा मार्ने गरेका छन् ।

एउटा क्यामेरा लिएर अरु सुतेका कोठामा लेन्स घुमाउँदै पुग्ने युट्युवरले महिलालाई सोध्ने प्रश्नले वास्तवमै यो समाज कता जाँदैछ भन्ने देखाउँछ । तपाईको ल सप स यो पुरुषसंग मात्र हो की अरु पनि छन् तपाईका केटा रु पत्रकार दावी गर्दै अरुको कोठामा छापा मार्न पुगेका युट्युवरले महिलालाई सोधेको प्रश्न हो यो ।

तपाईको श्रीमान हामीले लिएर आएका छौं तपाईको श्रीमान निकै पीडित हुनुहुन्छ, क्यामेरा लिएर कोठामा पुगेका युट्युवरले एक महिलाको अस्मिता माथि गरेको प्रश्न हो । पारिवारिक विवादका कुरा आफै नमिलाएर क्यामेरा र युट्युवर बोलाउने समाजका पुरुषवादी सोचका कारण अहिले दिनहुँ महिलाका विषय यसरी उचालिने गरेका छन् । उनीहरुको इज्जत, सम्मानलाई क्योमेराको लेन्सले धज्जी उडाइरहेको छ ।

तल उल्लेख गरिएको यो भिडियोमा महिलाको सम्बेदनशिलता, पारिवारिक विवाद माथि युट्युवरको डलर खेती राम्ररी देख्न सकिन्छ । यो भिडियोमा पत्रकारीताको धर्म कत्तिको निर्वाह भएको छ त्यसको मुल्याकंन आफै गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता