Logo

अबको चुनावमा माओवादीले बहुमत ल्याउँछ’



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेकपा माओवादीले बहुमत ल्याउने दाबी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । प्रचण्डले अझै प्रतिगमनको खतरा कायम रहेको समेत शंका गरेका छन् । माओवादीको केन्द्रिय कमिटि बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, महाकाली नदीमा तुइन का टे र नेपाली युवाको मृत्यु भएको दुई हप्ता भएपनि केही पहल नभएको हुँदा यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि सहल गर्न सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै बेलायतमा गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउने । बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गर्ने माओवादीको बैठकको अर्को निर्णय छ । महामारीको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने माओवादीले जनाएको छ ।

सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जु ध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने, बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने, तथा अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने जस्ता निर्णय माओवादी केन्द्रिय कमिटि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता