Logo

काठमाडौंको कीर्तिपुरमा मोटरसाइकल दुर्घटना हुँदा चौधरीको बाटोमै निधन 



 

काठमाडौं  : काठमाडौंको कीर्तिपुर नगरपालिका खसी बजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा ७३ प ६०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा पल्टिदा चालक कन्चनपुर बेलौरी नगरपालिकाका ३२ वर्षीय दयाराम चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा गएराति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यस्तै कलंकीको खसीबजारमा सवारी दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । एकै दिशाबाट आउँदै गरेका भ्यान र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक घाइते भएका हुन् ।

कलंकीबाट आउँदै गरेको भ्यानलाई मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन् । सीतापाइला बस्ने घाइते युवकलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने अवस्थामा रहेका युवकको खुट्टा र टा’उकोमा चो’ट लागेको छ । प्रहरीका अनुसार भ्यान चालक भने सकुशल रहेका छन् । कालिमाटी वृत्तबाट खटिएको प्रहरी टोलीले गाडीसहित चालकलाइ नियन्त्रणमा लिएको छ।

त्यस्तै रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बबताए ।

माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता