Logo

ग’र्भप’तन गराउने औ’षधी खु’वाउँदा जिउँदै छोरी जन्मेपछि…..



दमौली । नवजात शिशुको ह’ ‘त्यामा १८ वर्षदेखि फ’रार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका९१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।

२०६० साल वैशाख ११ गते उनलाई अदालतले जन्मकैद सजाय सुनाएको थियो । २०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।

उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताए । नवजात शिशुको ह ‘त्या गरेको अभियोग सार्कीमाथि थियो । कर णीबाट एक महिलाले ग’र्भाधा’रण गरेपछि उनले औ’ष’धि खु’वा’ए’र ग’र्भ’प’तन गराई घटना लुकाउन खोजेका थिए ।

छोरी जिउँदै जन्मेपछि सार्कीले खरबारीमा लगेर ह’ ‘त्या गरेको आरोप थियो । आरोप पुष्टि भएपछि अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो । त्यतिबेलै प्रहरीले महिलालाई भने पक्राउ गरेको थियो। उनको बयानबाट घटनाको रहस्य सार्वजनिक भएपछि सार्कीलाई अदालतले दोषी ठहर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता