मन्त्रीपरिषदले अस्वीकृत गरिदियो कुलमानलाई ल्याउने प्रस्ताव, उर्जामन्त्री भुसालको योजना पुरा भएन

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषद्ले अस्वीकृत गरेको हो । उर्जामन्त्री पम्फा भुसालले मन्त्रिपरिषद बैठकमा घिसि ङलाई नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गर्न प्रस्ताव ल्याएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजना र प्रधानमन्त्री शेरवहादुर देउवाको निर्देशन अनुसार भुषाले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव ल्याएकी थिइन् ।
मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गर्ने प्रस्ताव राखेपनि त्यो अस्विकृत भएको बताइएको छ । यसअघि मन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई वालुवाटारमै बोलाएर राजिनामा दिन आग्रह गरेकी थिइन् । तर शाक्यले आफुले राजिनामा नदिने बताएका थिए । उनलाई अघिल्लो सरकारले ४ वर्षका लागि नियुक्त गरेको थियो । आइतबार शाक्यले विभिन्न संचारमाध्यमा पुगेर अन्र्तवार्ता दिएपछि मन्त्री भुसाल उनिसंग रु ष्ट बनेकी थिईन ।
उनले शाक्यलाई हटाउन आन्तरिक प्रयास समेत गरेको बताइएको छ । उनले शाक्यलाई बर्खास्त गरेर घिसिङलाई नियुक्त गर्ने फाइल उठाउन समेत निर्देशन दिएको खुलेको छ । तर मन्त्रालयका सचिवले त्यो गैरकानुनी हुने जवाफ दिएका थिए । सोमवारको मन्त्रीपरिषद् बैठकमा मन्त्री भुषालले लगेको प्रस्ताव पनि अस्वीकृत भएको छ ।
यस्तै सोमबारको बैठकले सरकारले सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको छ । गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।
त्यसैगरी, वैठकले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा। वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा पठाइएको छ । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्तमा रहेका सचिव किरणराज शर्मा र कृष्णहरी पुस्करलाई क्रमस प्रदेश नं। ३ र ५ को प्रदेश प्रमुख सचिवमा सरुवा गरिएको छ ।