Logo

२ वर्षका छोरा लिएर माइत हिँडेकी थिइन् अमृता



काठमाडौ । दाङमा ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ। तुलसीपुर–४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्रको खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

तुलसीपुर–१९ पतेनीमा माइत जाने क्रममा सोमबार दिउँसो साढे २ बजे ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको हो।शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।

यस्तै, खोलामा नुहाउन गएका तुलसीपुर उपमहानगरपालिका–८ टिकरी निवासी ४५ वर्षीय चुलुवा चौधरी पातुखोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

घरनजिकै खोलामा आइतबार नुहाउन गएका चौधरीको राति नै शव फेला परेको प्रहरीले जनाएको छ। पातुखोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चौधरीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता