Logo

आइतवार एकै दिन ५५ जनाको मृत्यु : संक्रमितको संख्या पनि बढ्दै, कसरी जोगीने  ?



काठमाडौ । पछिल्लो समय काठमाडौ लगायत मुलुकका विभिन्न ठाउँमा संक्रमितको संख्या बढ्न थालेको छ । तेस्रो लहरको महामारीको झल्को दिन थालेको छ । दोस्रो लहरको महामारी नियन्त्रणमा नआउँदै तेस्रो लहरको संकेतले सचेत हुनुपर्ने आवश्यकता देखिएको छ ।

आइतवार पछिल्लो २४ घण्टामा देशभर २ हजार ५४८ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ३७८ वटा नमुनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेकोे छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

यस्तै काठमाडौंमा शनिबार ५४ हजार ३४३ जनाले लगाए भेरोसेलको दोस्रो मात्रा खोप लगाएका छन्। काठमाडौं २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। शुक्रबार ६८ हजार १३ जनाले खोप लगाएका थिए। शनिबार शुक्रबार गरी एक लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा खोप लगाएको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काले बताए।

गत असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएकालाई ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो मात्रा दिइएको थियो। काठमाडौंमा एक लाख ६५ हजार जनालाई खोपको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता