Logo

नेपाल पक्षको बैठक सकियो, यस्तो सर्त राखेर ओलीलाई दिए २४ गते सम्मका लागि अल्टिमेटम, के गर्लान् ओली ?



काठमाडौ । नेकपा एमाले माधव नेपाल समूहको दुई दिन देखि जारी केन्द्रीय कमिटीको बैठक सकिएको छ । बैठले साउन २४ गतेसम्म एकताको काम सक्न वार्ता टोलीलाई निर्देशन दिएको छ । त्यतीञ्जेल पनि अध्यक्ष केपी शर्मा ओली आफुहरुका माग प्रति सकारात्मक नभए सरकारमा सहभागी हुने निष्कर्षमा पुगेको छ ।

पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले पार्टी एकता नहुने स्थिति आए आफूहरू सरकारमा जान तयार रहेको बताएका छन् । बुद्धनगरमा जारी नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक कक्षबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खतिवडाले अहिले पार्टी एकतामा जोड दिइएकाले सरकारमा जाने कुरालाई प्राथमिकता नइिएको बताए ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमालेसँगको एकतालाई अन्तिम रुप दिन वार्ता टोलीलाई साउन २४ गतेसम्मको समय दिएको हो । नेपाल पक्षका सांसद मेटमणि चौधरीले केपी शर्मा ओलीलाई अध्यक्ष मानेर जान नसकिने भन्दै एमालेबाट उनको बर्हिगमन हुनुपर्ने भन्दै बताए । उनले पहिले कि ओली नेकपा एमालेमा रहनु भएन कि ओलीलाई हटाउनुपर्ने आफूहरुको अडान रहेको बताए ।

‘पहिले ओलीको बहिर्गमन हुनुपर्छ । कि ओली नेकपा एमालेमा रहनु भएन कि ओलीलाई हटाउनुपर्यो । यदि हामीले ओलीलाई हटाउन नसकेमा नयाँ पार्टी बनाएर पनि जानुपर्छ । हामीले साउन २४ सम्मको अल्टिमेटम दिएका छौँ,’ बैठकमा नेताहरुले भने ।

नेता चौधरीले एक हप्ताभित्र अध्यक्ष ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र यदी त्यसो नभए छुट्टै कमिटी बनाएर जाने निर्णय भएको बताए । उनले सरकारमा जान पनि आवश्यक तयारी गर्ने विषय बैठकमा उठेको बताए । पार्टी एकता बन्द भएको होइन । सरकारमा पनि जाने पार्टी एकता पनि बढाउने कुरा हो,’ नेता चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता