Logo

भारतलाई नारायणकाजी श्रेष्ठको चेतावनी ‘हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन, भारतले माफी माग्नुपर्छ’



काठमाडौ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सभा बैठकमा आफ्नो भनाई राख्दै सांसद श्रेष्ठले भारतको हेपाहा ब्यवहार र उत्पीडन सह्य नभएको बताए ।

नेता श्रेष्ठले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटनामा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि बताएका छन्। उनले भने ‘अहिलेसम्मको विवरण अनुसार भारतीय सीमा सुरक्षा बलबाटै तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकालीमा वेपत्ता भएका हुन्ु, उनले भने, यस घटनाका निम्ति भारतले अबिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्छ।

सांसद श्रेष्ठले प्रतिनिधिसभा विघटनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैको मात्रै दोष नभएको बताएका छन्। श्रेष्ठले अन्य राजनीतिक पार्टी र यसभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउने नेताहरु पनि यस घटनामा जिम्मेवार रहेको दाबी गरेका छन्।

असमान सन्धी सम्झौता लादिएका छन्, आन्तरीक मामिलामा हस्तक्षेप भइरहेको छ, उनले अगाडी भने, कहिले काँही नेपाली राजनीतिक दलहरु पनि ब्यक्तिगत स्वार्थमा लागेर हस्तक्षेप आमन्त्रण गर्ने काम भएको छ ।

नेपाली प्रकृतिक स्रोतको दोहोन गर्ने प्रवृत्ती पनि देखिएको छ, नेपालको भुराजनीतिक संवेदनशिलतालाई उपेक्षा गर्दै नेपाललाई स्वार्थको कृयास्थल बनाउने प्रयत्न पनि भएको आफुहरुले बेहोरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता