Logo

कुलमानलाई नियुक्त गर्न बालुवाटार बोलाएर उर्जामन्त्रीले शाक्यको राजीनामा मागिन्, शाक्यले के दिए जवाफ  ? 



काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा फेरी कुलमान घिसिङलाई ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले ठाडो निर्देशन दिएपछि उर्जामन्त्री पम्फा भुषालले त्यसको प्रकृया सुरु गरेकी छन् । मन्त्री भुषालले प्रधानमन्त्री देउवाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजिनामा दिन भनेकी छन् ।

उनलाई काम सन्तोषजनक नभएको आरोप लगाउँदै राजिनामा दिन भनिएको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कुलमानको कार्यकाल सकिएको थियो । उनलाई नै पुन कार्यकारी निर्देशक बनाउन माग गर्दै जनदवाव परेको थियो । तर त्यसको वेवास्ता गर्दै कुलमानको कार्यकाल थपिएन । विद्युत प्राधिकरणमा कुलमानको सकृयतामा १८ घण्टा लामो लोडसेडिङ हटाइएका कारण उनका पक्षमा जनसमर्थन छ ।

मंगलबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवाकै अगाडी ऊर्जामन्त्री पम्फा भुसालले कार्यकारी निर्देशक शाक्यलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न भनेको मन्त्रालय स्रोतले जानकारी दियो । “तपाईंको काम प्रभावकारी देखिएन । तपाईंले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्,” ऊर्जामन्त्रीले शाक्यलाई भनेको स्रोतले बतायो । शाक्यले भने आफु राजिनामाका लागि तयार नभएको बताएका छन् । उनले आफुले तत्काल राजीनामा नगर्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता