Logo

काठमाडौमा खतरा बढेपछि जिल्ला प्रशासन कार्यालयले जारी गर्यो यस्तो सूचना



काठमाडौँ । दिनहुँ महामारीको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्‍याली लगायतका भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलवार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा कोभिडको नयाँ भेरियन्टका संक्रमित थपिन थालेका छन् ।

बढि संक्रामक मानिएको कोभिडका संक्रमित बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालयले भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर बढाउन सक्ने भएकाले स्वास्थ्य मापदण्डको ख्याल गर्न आग्रह गरेका हुन् ।

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता