कक्षा १२ को परीक्षा तोकिएकै समय हुन्छ , अरु हल्ला पछि नलागौँ :स्वास्थ्य राज्यमन्त्री

विश्व अहिले माहामारीको चपेटामा परेको छ । त्यस्तै नेपालमा पनि कोरोनाले अहिले अध्यायन क्षेत्रमा ठुलो धक्का परेको छ । लकडाउनको कारण धेरै विद्यालय अहिले सम्म बन्द भएर बसेका छन् । सामाजिक संजालमा कोभिड–१९को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा संचालन हुने परीक्षाहरु स्थगत हुन सक्ने र बैकल्पिक विधिबाट परीक्षा लिने सुझाव प्रस्ताव शिक्षा मन्त्रालयमा लिने परीक्षा स्थगनको हल्ला चलेपछि राज्यमन्त्री उमेश श्रेष्ठले आफूले त्यस्तो नभनेको स्पष्ट पारेका हुन्।
राज्यमन्त्री श्रेष्ठले कोभिडको संक्रमण बढ्दै गएकोले परीक्षार्थीहरुलाई परीक्षा अगावै खोपको ब्यवस्था गर्न मन्त्रालय लागि परेको जनाए। नेपालमा ‘संक्रमण धेरै बढ्दै गएमा शिक्षा मन्त्रालय र सिसिएमसीसँग छलफल गरी बैकल्पिक विधिबाट परीक्षा लिनेबारे प्रस्ताव गर्ने मन्त्री श्रेष्ठले भने, ‘हाल कुनै पनि परीक्षा स्थगत गर्ने निर्णय भएकै छैन।’ उमेश श्रेष्ठले , ‘परीक्षा तोकिएकै समय हुन्छ। परीक्षार्थीलाई खोपको ब्यवस्थापन गर्न मन्त्रालय लागि परेको छ।’
सरकारले सबै परीक्षार्थीहरुलाई खोपको ब्यवस्था गरेर परीक्षामा सहभागी गराउनु पर्छ।’ ‘कोभिड र अन्तरिक मूल्यांकनको शैक्षिक प्रमाणपत्र विश्वमा कतै विक्दैन। कक्षा १२ भनेको विश्वविद्यालय प्रवेशको मुख्य गेट हो।’ मन्त्री श्रेष्ठका अनुसार यस पटक कक्षा १२ का पौने पाँच लाख विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाउँदै छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले हालसम्म कक्षा १२ को कुनै पनि परीक्षामा फेरबदल नभएको स्पष्ट पारेका छन्।
कक्षा १२ को परीक्षाको सबै तयारी भएर परीक्षा केन्द्रहरुका केन्द्राध्यक्षलाई परीक्षा संचालन र ब्यवस्थापनबारे अभिमुखिकरण समेत गरिएको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘परीक्षा स्थगतको हल्लाको पछाडी कोही नलाग्नु।’ उनले थपे, ‘परीक्षाबारे निर्णय लिने अधिकार बोर्ड र विश्वविद्यालयहरुलाई मात्र हुन्छ। मन्त्रिपरिषदको निर्णय चाहिन्छ।’ कक्षा १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले भने आफू प्रश्नपत्रको तयारीमा जुटेको बताए।