युनिफाइड केन्द्रीय अस्पतालबाट हटाइए डा . जागेश्वर गौतम
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत ड। जागेश्वर गौतमलाई सरूवा गरेर प्रसुती तथा स्त्री रोग अस्पताल पठाएको छ ।
युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाउँदै गौतमलाई मन्त्रीस्तरीय निर्णयका आधारमा थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो ।
डा। गौतमको ठाउँमा ट्रमा सेन्टरका डा। रुद्र मरासिनीलाई पठाइएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा।गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।
त्यसअघि गौतम प्रसुती अस्पतालमै कार्यरत थिए । यसैबीच स्वास्थ्य समन्वय शाखामा डा। विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा। रीता जोशीलाई पठाइएको छ ।