बेपत्ता भनिएकी प्रदेश सांसद बिमला वली अन्ततः यस्तो अवस्थामा फेला परिन्
काठमाण्डौ । राजनीतिक अ’पहर’णमा परेको भन्दै समाचार सार्वजनिक भएकी लुम्बिनी प्रदेश सभा सदस्य बिमला कुमारी खत्री (वली) उपचारमा रहेको खुलेको छ । प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले प्रदेशसभा सदस्य वली उपचारमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको बताए । दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेको थियो ।
लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले वलीसँग सम्पर्क नभए पनि परिवारसँगको सम्पर्कबाट उनी बिरामी रहेको र उपचारमा रहेको जानकारी पाएको बताए। ‘उहाँसग हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन, तर पारिवारिक स्रोतबाट बिरामी रहेको र उपचारमा रहनुभएको छ भन्ने जानकारी पाएका छौं, घर्तीमगरले भने ।
घर्तीमगरका अनुसार बिहीबार साझसम्म सम्पर्कमा रहेकी वलीले शुक्रबार बिहानदेखि फोन उठाएकी छैनन् । शुक्रबार दिउँसोदेखि नै वली सम्पर्क बिहिन रहेको समाचार बाहिर आउन थालेपछि उनी बिरामी रहेको पारिवारिक स्रोतबाट जानकारी पाएको घर्तीले बताए । दाङको क्षेत्र नं ३ ९ख० बाट एमालेबाट निर्वाचित उनका पति उत्तरकुमार वलीको मृत्यु भएपछि सोही स्थानमा तत्कालीन नेकपाले उनलाई उपनिर्वाचनमार्फत प्रदेशसभा सदस्यमा पठाएको थियो । तत्कालीन नेकपाबाट निर्वाचित उनीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन् ।
उनले पाटी विभाजनपछि भने माओवादी केन्द्र रोजेको नेकपा माओवादी केन्द्रले दाबी गरेको छ भने एमालेले उनी सूर्य चिन्हबाट लडेको र पार्टी विभाजनपछि पनि एमाले दाङको जिल्ला कमिटी बैठकमा समेत सहभागी भएको भन्दै उनलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो ।
यसअघि वैसाख ६ गते बिमला वलीलाई अ’पह’रण गरेर माओवादी केन्द्रले लगेको आरोप नेकपा एमालेले लगाउदै आएको थियो ।