Logo

श्रीमानको अनुहार देवकीले ७ वर्ष पछि भिडियोकलमा देख्दा, अब भने म बाँच्छु जस्तो लाग्यो मलाई माफ गरिदेउ है (भिडियो हेर्नुस्)



काठमाडौ । यतिका वर्ष (७) सम्म के गरेर बस्नुभयो हजुर? बच्चाहरुको मेरो याद आएन रु ७ वर्ष पछि आफ्ना श्रीमानको अनुहार भिडियोकलमा देख्न पाएकी महिलाले श्रीमानलाई गरेको पहिलो प्रश्न थियो । श्रीमतीको यस्तो प्रश्न सुनेर उनका श्रीमानले आँखाबाट आँशु झारे । श्रीमानको आँखामा आँशु देखेर श्रीमती पनि भावुक भइन् । उनले श्रीमानलाई नरुनु भनेर सम्झाइन् ।

आफुले सोँचेको सपना मैले पुरा गर्न सकिन । त्यसमा मलाई क्षमा देउ । म त्यो भन्दा केही बोल्न पनि सक्दिन । श्रीमानले त्यसो भनेर भक्कानिएपछि उनको श्रीमतीले पनि मन थाम्न सकिनन् । उनी पनि श्रीमानसंगै रोइन् । ७ वर्षपछि एक युट्युवरले उनलाई श्रीमानसंग कुरा गराएका थिए । युट्युवरले भिडियोमा फोन लगाइदिए अनि श्रीमतीको अनुहार देखाएर उहाँ को हुनुहुन्छ तपाईले चिन्नुहुन्छ  ? भन्दै मोवाइल देखाइदिए ।

श्रीमानले देवकी भनेर बोलाउँदा श्रीमतीले पनि रुन्चे अनुहार लगाएर हाँसिन् अनि भनिन्, कहाँ हराउनुभएको यतिञ्जेल रु श्रीमानले भने म जिउँदै छु अब तिमीले केही चिन्ता नगर । तर मलाई विगतको कुरा भने याद नदिलाउ । दुई तिन वर्ष अघि म जिवितै फर्कन्छु जस्तो पनि लागेको थिएन । तर अब म बाँच्छु जस्तो लागेको छ । अब म फर्कन्छु । म केही सामान लिएर आएको थिएँ तर यहाँ आएर के भयो मलाई नै थाहा छैन । श्रीमतीले ऋण भन्ने सबैलाई लाग्छ टेन्सन नलिनु भनेर सम्झाइन् ।

मलाई सबैको याद आउँथ्यो, तर मसंग मोवाइल पनि थिएन, म बाँच्छु जस्तो पनि लागेको थिएन । सबै झोला सबै चोरी भयो मसंग तँलाई सम्पर्क गर्ने नम्बर पनि थिएन, श्रीमानले भने । अहिले उनीहरुका छोराछोरी पनि ठूला भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता