Logo

अब एमाले एकता नहुने  !  यस्तो निष्कर्ष सहित आइतवार एमालेको स्थायी समिती बैठक बस्ने निर्णय



 

काठमाडौ । नेकपा एमालेको एकता अब करिब नहुने जस्तै भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो अडानमा अडिग भएका कारण एकता अब करिब टुंगिएको छ । अध्यक्ष ओली नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छन् तर नेपालले माधव नेपालले ओलीसमान हैसियत र हरेक निर्णयमा संयुक्त हस्ताक्षर हुनपर्ने माग राखेका छन् ।

नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । शनिवार नै राखिएको बैठक विघटित कार्यदलको आग्रह अनुसार आइतवारका लागि सारिएको हो । आइतवार दिउसो तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकले अब माधव नेपालबीना पार्टीलाई अगाडी बढाउने भएको छ ।

एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् । नेपालसंग सहमति नभएपछि अब सबै प्रकृया अगाडी बढाउने निष्कर्ष सहित बैठक बस्न लागेको हो ।

विघटित कार्यदलका सदस्यहरूको शनिबार बिहान बसेको बैठकले स्थायी समिति बैठक स्थगित गरेर सहमति जुटाउन प्रयास गरेको थियो । सोही अनुसार माधव नेपाल पक्षका नेताहरू भीम रावल र सुरेन्द्र पाण्डेले शनिबार ओलीलाई भेट्न पुगेका थिए । उनीहरुले माधव नेपालको प्रस्ताव ओलीसंग राखे । तर ओली नेपालको प्रस्तावमा सहमत नभएपछि रावल र पाण्डे निरास भएर फर्किएका छन् ।

नेताहरूले अध्यक्ष ओलीले माधव नेपालबाहेकको पार्टी एकताको चाहना राखेको र माधव नेपालले पनि ओलीसमान हैसियत खोजेकाले एकता प्रक्रिया जटिल बन्दै गएको बताएका छन् । एमालेका दोस्रो तहका नेताहरु एकता प्रकृया अघि बढाउन भन्दै बैठक भेला गरिरहेका छन् भने ओली र नेपाल भने एक अर्का विरुद्ध कडा टिप्पणीमा उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता