दार्चुलामा एसएसबीले तुइन काटेको घटनामा भारतले उल्टै नेपाललाई यस्तो पत्र पठाएपछि‘ ?

काठमाडौ । दार्चुलामा भारतीय एसएसबीले तुईन काटिदिँदा एक नेपाली युवक महाकाली नदीमा खसेर हराएको घटनामा भारतले पत्र लेखेको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा हराएका हुन् । यसवारेमा समाचार प्रकाशन भएपछि भारतीय पक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेको हो ।
पत्रमा एसएसबीले तुइन काटेको कुरा अस्वीकार गरेको छ । खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ । पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै एसएसबीले तुईन काटेको भन्नु गलत भएको दावी गरेका छन् ।
मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइन काटिदिएपछि धामी नदीमा खसेका हुन् । उनको खोजी गरिएपनि अझै फेला परेका छैनन् । भारतीय पक्षले पनि धामीको खोजी गरेको जनाएको छ । यद्धपी सो घटनामा एसएसवीको संलग्नता भने अस्वीकार गरेको छ ।
तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ– ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ ।’ करिब ३० मिटर तलबाट मानिस कराएको आवाज सुनेपछि जाँदा मानिस नदीमा खसेको थाहा पाएको जनाएको छ ।