बालुवाटार पुगेर कांग्रेसको सहकारी विभागले दियो प्रधानमन्त्री देउवालाई शुभकामना नेपाल सहकारी बैंकबारे देउवाले बोले यस्तो

काठमाडौं साउन १६ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ ।
विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई शुभकामना तथा बधाइ दिइएको सचिव सुरेन्द्र भण्डारीले जानकारी दिए । विभागको तर्फबाट देउवालाई शुभकामनासम्बन्धी पत्र समेत प्रदान गरिएको थियो ।
प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने विषयको पनि जानकारी गराएको सचिव भण्डारीले बताए । नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताएका छन् ।
विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको सचिव भण्डारीले बताए ।
प्धानमन्त्री देउवालाई विभागको तर्फबाट हालसम्म भए गरेका कामकाबारहीको संक्षित जानकारीसहित कार्यप्रगति जानकारी दिएको विभागका सचिव भण्डारीले जानकारी दिए ।‘विभागका प्रमुख आनन्दाप्रसाद ढुंगानासहितका पदाधिकारी र सदस्यहरूले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना र बधाइ दिएका छौँ’, उनले भने, ‘विभागको कार्यप्रगतिका बारेमा पनि संक्षित जानकारी गराएका छौँ ।’
विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहित १४ जनाको टिम बालुवाटार गएको थयो ।