Logo

पूर्व युवराज पारसले काठमाण्डौंमा ड्युटीमा रहेका प्रहरीलाई के गरे यस्तो ? माथिबाट छोड्नु भन्ने आदेश आएपछि‘ (भिडियो हेर्नुहोस्)



 

पूर्व युवराज पारस शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउँदा प्रहरीले रोकपछि उल्टै प्रहरीसँग वहस र हात पात गरेका छन् । हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका पारसलाई शुक्रबार साँझ साढे ७ बजेतिर नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि उनले त्यस्तो गरेका हुन् ।

सञ्चारकर्मी गणेश बुढाले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई ध म्क्या ए का छन् । प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले ‘तैले भन्दा जानेरु’ भनेको भिडियोमा देख्न सकिन्छ ।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ । नेकपा एमालेको सरकारमा बनमन्त्री प्रेम आलेका राजनैतिक सल्लाहकार रहेका सम थापाले भने यसमा गृहमन्त्रीले जवाफ दिनु पर्ने बताएका छन् । उनी फेसबुकमा लेख्छन्, ड्युटीमा रहेका प्रहरीले उच्च अधिकारीलाई रिपोर्ट गरेछ्न् । माथीबाट छोडनु भन्ने आदेश आएपछि पारस विना हेल्मेट मोटरसाइकलमा सवार भई समर्थक सहित आफ्नो बाटो लागे । देउवा नेतृत्वको सरकारमा अझै के के देख्नु पर्ने हो । माथिबाट छोडनु भन्ने आदेश आएपछि ड्युटीमा खटिने प्रहरी कर्मचारीको मनोबल के हुन्छरु गृहमन्त्रीले जवाफ दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता