आजै मन्त्रीमण्डललाई पुर्णता दिँदै देउवा, टुंगो लागेका मन्त्रीका नाम यस्तो छ
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रीमण्डललाई पुर्णता दिने भएका छन् । मन्त्रीको नाम टुंगो लगाउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड देउवालाई भेट्न गएका थिए ।
उनीहरुबीच भएको छलफलमा आजै सरकारलाई पूर्णता दिने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ।देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले माओवादी र जसपालाई चाँडो सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए।
काँग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा। नारायण खड्का, डा। डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मासहितका नेताहरूले मन्त्रीका लागि दाबी गरेका छन् । यस्तै पौडेल पक्षबाट, सुजाता कोइराला, दिलेन्द्र बडू मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।
यता माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, लगायतले लबिङ गरिरहेका छन् ।
काँग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालयमा दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले सात र जसपाले ६ मन्त्रालय पाउनुपर्ने अडान राखेको बुझिएको छ । एमालेका वरिष्ठ नेता माधव नेपालले केही दिन आफ्नो पक्षमा नाममा मन्त्रालय बाँकी राखिदिन आग्रह गरेका छन् । जसपाले मन्त्री बन्नेहरुका नाम दिन सकेको छैन ।